लकडाउका बिच सीमाबाट पत्तै नपाई छिर्छन् भारतीय

दृश्य १ :
जोगवनीको टिकुलियाबाट विराटनगर महानगरपालिका- १६ को दिरैहिया निस्कने चोरबाटोबाट एक व्यक्ति साइकल लिएर आउन लाग्दै थिए । उनी साइकल लिएर ओहोर दोहोर गर्दैथिए । बिहान जोगवनी जाने अनि एकैछिनमा फेरि फर्किने गर्नेमध्येका एक ती व्यक्ति सोमबार पनि उसैगरी साइकल लिएर नेपाल प्रवेश गर्दै थिए ।

No description available.

उनको हातमा भएको साइकलमा ३ वटा पेय पदार्थका बोतल थिए भने अरु केही घरायसी प्रयोजनका लागि ल्याइएका केही सामान । नेपालमा भन्दा भारतमा सस्तो पर्ने भएपछि उनले पेय पदार्थ लिनका लागि जोगवनी गएको देखिन्थ्यो । उनको झोलामा अन्य केही सामग्रीहरू पनि थिए । उनी प्रहरीसँग झगडा गर्दै नेपाल प्रवेश गर्न खोज्दै थिए । प्रहरीले पनि उनलाई सहजै प्रवेश दिन खोज्दै थियो । उनी आउँदै गरेको तस्बिर खिच्न थालेपछि ती व्यक्ति फनक्कै फर्किए र ‘मेरो फोटो किन खिचेको’ भन्दै झर्किन थाले ।

दृश्य २ :
विराटनगर महानगरपालिकामा थुप्रै आँखा अस्पतालमा भारतीयहरू आउने गर्छन् । भारतीय सीमा क्षेत्रबाट आँखाकै लागि उपचार गर्न आउने र भीड हुने अस्पतालमा हामी सोमबार दिउँसो पुग्यौँ । केही वृद्ध व्यक्तिहरू आँखा उपचार गरेर बाहिर निस्कँदै थिए । बाहिर निस्कनेमध्येका एक अवधेश सरदार बिहानै विहारबाट उपचारका लागि आएका रहेछन् । उनी उपचार गरेर घर फर्किन लागेका थिए ।

No description available.

उनीसहितका ५ जना उपचार गराउन आउँदा सिमाबाट छिर्नै नदिएको अवस्थामा पुर्जा देखाएर मात्र आएको बताउँदै थिए । भारतमा निर्वाध सर्वसाधारणको आउजाउ भएकाले नेपाल प्रिवेशका लागि पनि कुनै समस्या नभएको उनले सुनाए । अनुहारमा डरको भाव देखिँदै थियो । केही कुरा गरेर साथीसँगै उनी भारततर्फ लागे ।

अवस्था भयावह
यसरी हरेक दिन केही न केही बहाना गरेर नेपाल प्रवेश गर्ने भारतीयको संख्या धेरै छ । कतिपय अवस्थामा नेपालीकै कारण पनि कोभिडको संख्या बढेको छ भने उपचारका लागि नेपाल आउनेहरुको कारण पनि संक्रमणदर बढेको छ । हरेक दिन २ सयभन्दा बढीको संख्यामा संक्रमणदर बढ्दा परीक्षण नै नगर्नेहरुको संख्या कति होला यकीन छैन ।

नेपाल–भारत सीमा क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा आएर एन्टीजेन परीक्षण गरेर नेपाल प्रवेश गर्ने करिब एक सय जनामध्ये १० देखि १२ प्रतिशतलाई पोजेटिभ देखिएको छ । सीमाबाट परीक्षण गरेर आउनेलाई पोजेटिभ देखिँदा आइसोलेट गर्ने गरिएको भएपनि लुकेर चोरबाटो हुँदै आउनेले समाजमा कोरोना फैलाएको स्थानीय बताउँछन् । उनीहरू चोरबाटो हुँदै छिर्ने र धेरै व्यक्तिको सम्पर्कमा जाँदा धेरै व्यक्तिमा त्यो पुगेको हुनसक्ने आशंका गरिएको छ । नेपालमा लकडाउन भएपनि त्यसको कुनै प्रवाह नै नगरी अस्पतालसम्म पुग्नुले लकडाउन प्रभावकारी नभएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया