बारोमा ५३ ग्रेड उल्लेख गर्दै मारुती सिमेन्ट
२०७८ वैशाख १९ गते

काठमाडौं । मारुती सिमेन्टले आफ्नो उत्पादन बोरोमा ५३ ग्रेड उल्लेख गर्न थालेको छ । सरकारले हाल सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेपछि सिमेन्टले ग्रेड उल्लेख गर्न थालेको जनाएको छ ।
नेपाल गुणस्तर बिभागबाट ५३ ग्रेडका लागि चाहिने सम्पूर्ण मापदण्ड पूरा गरेको प्रमाणित भएपछि गुणस्तर उल्लेख गर्न थालेको जनाएको छ । ५३ गेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने मारुती पहिलो सिमेन्ट कम्पनी भएको पनि कम्पनीको दाबी छ ।
यसअघि कम्पनीले ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गरिरहेको थियो । कम्पनीले हाल दुवै ५३ र ४३ ग्रेडको गुणस्तरीय आपीसी सिमेन्ट गत्पादन गर्दै आएको जनाएको छ ।
२०७८ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








