भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण

काठमाडौ । छिमेकी मुलुक भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका छन् ।

एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार भारतमा त्यहाँ संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ४९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ । भारतमा १ करोड ५६ लाख ७३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको भारतमा बुधबारसम्ममा १५ करोड ४९ लाखभन्दा बढीले खोप लगाएका छन् ।

प्रतिक्रिया