सेनाले भेटायो १५ वर्षअघि दुर्घटनामा परेको हेलिकोप्टर र दुई शव

काठमाडौं । सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकोप्टर धौलागिरि हिमालमा फेला परेको छ ।

नेपाली सेनाले सञ्चालन गरेको ‘स्वच्छ हिमालय कार्यक्रम २०२१’ अभियानअन्तर्गत सफाइ गर्ने क्रममा सेनाको टिमले धौलागिरी हिमालमा एयर डायनेष्टीको हेलिकोप्टर र दुई जनाको शव फेला पारेको हो ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकोप्टरभन्दा केही मिटर टाढा शव फेला परेको र ती शवको पहिचानकार्य भइरहेको बताएका छन् ।

प्रतिक्रिया