कांग्रेसले कोभिडविरुद्ध देशव्यापी सचेतना अभियान चलाउने
२०७८ वैशाख १७ गते

|सभापति शेरबहादुर देउवा। तस्बिरः मकालु खबर|
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान चलाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कोभिड रोकथाम र नियन्त्रणका लागि देशभरका पार्टी संरचनालाई सचेतना अभियानमा खटाउने जानकारी दिएका हुन् ।
मास्क अनिवार्य लगाउने, साबुनपानीले हात धुने र दूरी कायम गराउने लगायतबारेमा सचेतना अभियान चलाउन देशभरका पार्टी संरचनालाई क्रियाशील गराइने सभापति देउवाले बताए ।
कांग्रेसले निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेकालाई सहयोग अभियान संचालन गर्नेसमेत उनले जानकारी दिए ।
सभापति देउवाले नेपाललाई खोप दिने अमेरिकाको निर्णयको स्वागत गर्दै खोप उपलब्ध गराउन अरु देशलाई पनि आग्रह गर्ने काम भइरहेको पनि जानकारी दिए ।
२०७८ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








