कोभिड रोकथाम र नियन्त्रणमा टोल विकास सक्रिय

विराटनगर । इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणको लागि टोली विकास संस्थालाई सक्रिय बनाउन थालेको छ । गाउँमा संक्रमितको अबस्था थाहा हुने र गाउँ स्तरबाट नै त्यसको व्यवस्थापन हुने निष्कर्ष निकाल्दै टोल विकास संस्थालाई सक्रिय बनाउन थालिएको हो ।
उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण नगरस्तरीय समितिको बैठकको निर्णय अनुसार टोल विकास सस्थाहरुलाई सक्रिय बनाउन थालिएको हो । निर्णयलाई कार्यान्वयन गर्न बिभिन्न वडाहरुमाटोल विकास संस्थाहरुलाई सक्रिय बनाईएको उपमहानगरपालिकाले जनाएको छ । इटहरीनगरपालिकाको वडा नमबर ९ बाट यो अभियानको शथालनी गरिएको हो ।
टोलमा विदेशबाट आएका व्यक्तिहरु, पोजेटिभ विरामीको सम्पर्कमा आएका व्यक्तिहरु र परीक्षण सिफारिस भई नतिजा नआइसकेका व्यक्तिहरुले १० दिनसम्म क्वारेण्टिनमा बसे/नबसेको टोल विकास सस्थाले निगरानी गर्ने वडा अध्यक्ष भूपेन्द्र वरालले जानकारी दिए । क्वारेन्टीन वा होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई आवश्यक सहयोग जुटाउनसमेत टोल विकास सस्थाहरुले भूमिका निर्वाह गर्नेछ ।
होम आइसोलेसनमा बसेका टोलवासीहरुले अपनाउनु पर्ने सावधानीका वारेमा जानकारी गराउने र सावधानी अपनाएको नअपनाएको वारेमा अनुगमनसमेत टोल विकासले गर्ने वडा अध्यक्ष बरालको भनाई छ । टोलमा भिडभाड गरे, मास्क नलगाए, दुरी कायम नगरे वा भिडभाड गरी कार्याक्रम संचालन गरे टोल विकासले प्रहरी तथा वडा कार्यालयलाई जानकारी गर्ने काम टोली विकास संस्थाले गर्ने छन् ।
टोलमा रहेका हाटवजारमा स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गराउन आवश्यक सहयोग तथा पहलकदमी लिने टनेल विकास आफैँले निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।









