भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाका लक्षण देखिएपछि वैशाख ६ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा बुधबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।








