नोबेलमा दुई संक्रमितको मृत्यु
२०७८ वैशाख १५ गते

प्रतिकात्मक/सांकेतिक तस्वीर।
विराटनगर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुईजनाको कोभिडका कारण मृत्यु भएको हो ।
झापा गाउँपालिका वार्ड नं ८ का ५५ बर्षीय पुरुष र मोरङको कटहरी गाउँपालिकाका अर्का एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराईरहेका एकजनाको मध्यराती र एकजनाको बिहान मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ।
मृत्यु भएका मध्ये एकजना बैशाख १२ र एकजना १३ गते अस्पताल भर्ना भएका थिए । एकजनामा मधुमेह र अर्कामा निमोनियाको समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । मृतकको शव व्यवस्थापनको प्रयास भईरहेको उनले जानकारी दिए ।
२०७८ वैशाख १५ गते
प्रतिक्रिया








