असममा ६.४ म्याग्नेच्युडको भूकम्प, पूर्वी नेपालमा धक्का

काठमाडौं । उत्तरपूर्वी भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ । बिहान ७ बजेर ५५ मिनेटमा असमको गुवाहटीलाई केन्द्र भएर भूकम्प गएको हो ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार गुवाहटी आसपासको क्षेत्रमा केही मिनेटसम्म भूकम्पको धक्का लगातार महसुस गरिएको थियो । भूकम्पले डराएका मानिसहरूले घर छोडेर बाहिर निस्किएका थिए ।

उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महसुस गरिएको छ । गुवाहटीमा भूकम्पले ठूलो मात्रामा भौतिक क्षति पुर्याएको भएपनि विस्तृत विवरण आइनसकेको बताइन्छ ।

प्रतिक्रिया