पूर्वराजा-रानीलाई अक्सिजन दिएर उपचार गरिँदै : नर्भिक अस्पताल

काठमाडौं । कोरोना संक्रमित भई अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजन दिएर उपचार गरिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ ।

उनीहरू शनिबार (वैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरूमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्वराजा र रानीलाई अक्सिजन दिएर उपचार गरिएको नर्भिकले जनाएको छ ।

उनीहरूसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजन दिनुपरेको छैन । उनीहरू तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया