काठमाडौं उपत्यका प्रवेश गर्दा क्वारेन्टिन अनिवार्य

काठमाडाैँ । काठमाडौं उपत्यका प्रवेश गर्ने अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेश अनुसार स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने भएको हो ।

आदेशमा भनिएको छ, ‘काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होमआइसोलेसनमा बस्नुपर्ने छ ।’ नेपालमा कोरोनाको महामारी तीब्र रुपमा बढेसँगै १६ वैशाखदेखि उपत्कायमा निषेधाज्ञा जारी हुँदैछ ।

प्रतिक्रिया