धनगढीमाथि विराटनगरको सानदार जित
२०७८ वैशाख १२ गते

काठमाडौं । विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शानदार जित निकालेको छ ।
आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३–० को जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।
विराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको १६ औं मिनेटमा विक्रमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा सोमिडेले गोल गर्दै विराटनगरलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा सन्तोषले गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाए । जितसँगै विराटनगरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








