मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु
२०७८ वैशाख १२ गते

दमक । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-७ की २७ वर्षीया सुसना राई छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका-२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । –रासस
२०७८ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








