कोरोना संक्रमित पूर्वराजारानी अस्पताल भर्ना
२०७८ वैशाख ११ गते

फाइल तस्बिर
काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
उनीहरु शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएको नर्भिकले जनाएको छ । केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको छ ।
उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको जनाएको छ ।
२०७८ वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








