पन्जाबको दोस्रो जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले सहज जित निकालेको छ । गएराति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले हराएको हो ।

एम चिदामबर्मा क्रिकेट स्टेडियममा मुम्बईले दिएको १३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । योेसँगै पन्जाबले लिगमा दोस्रो जित निकालेको छ ।

पन्जाबले ५ खेलमा ४ अंक जोड्दा तालिकाको पाँचौं स्थानमा रहेको छ । मुम्बईको यो तेस्रो हार हो । मुम्बईले पनि ५ खेलमा ४ अंक जोडेको छ भने तालिकाको चौंथो स्थानमा छ ।

प्रतिक्रिया