एफसी चितवनलाई डिशहोमको प्रायोजन

काठमाडौं । वैशाख ११ गतेदेखि नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपरलिग (एनएसएल) मा सहभागी टिम एफसी चितवनलाई डिशहोमले प्रायोजन गर्ने भएको छ ।

प्रबन्ध निर्देशक सुदिप आचार्य र एफसी चितवनका अध्यक्ष सचिन ढकालले डिशहोमद्वारा एफसी चितवनलाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको डिशहोमले जनाएको छ ।

भरत खवास मार्की प्लेयर रहेका एफ सी चितवनबाट सर्बियाका गोरेन जर्कोभिक, ईजिप्सियन खेलाडीद्घय एल सायेद शावन र अहमेद मोहमेद माबालाले खेल्नेछन् ।

मेघराज केसीको प्रशिक्षणमा रहेको एफ सि चितवनमा विकाश खवास, विकाश तामाङ, बिवश चौधरी, अमित तामाङ, सिमन्त थापा, कुलदिप कार्की, बिशाल सुनुवार, रुप बहादुर लामा, मनिस थापा, स्यान्सु भुषाल, विश्व अधिकारीलगायतका खेलाडिहरु रहेको जनाएको छ ।

नेपाल स्पोर्टस इभेन्टस् म्यानेजमेन्टले आयोजना गरेको एनएसएलमा विदेशी खेलाडी सहभागी सात नेपाली फुटबल क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ । खेल दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया