भारतीय राजदूतावासलाई दुई थान एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले भारतीय राजदूतावासलाई दुई थान एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नेपाल भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ-संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरू उपहारस्वरुप प्रदान गरेको जनाएको छ ।

स्वास्थ्य सेवा विशेषगरी आपत्कालीन स्वास्थ्य सेवाको पहुचलाई सजिलो बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरू उपहारस्वरुप प्रदान गरेको बताएको छ ।

एम्बुलेन्स शहीद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलिखेल अस्पताललाई दिइएकाे राजदूतावासले बताएको छ।

आइएमई मोटर्सले एम्बुलेन्ससहित विशेष सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला गाडीहरू बिक्री गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया