१६ ओभरमा नेपालको १५० रन

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटअन्तर्गत मलेसियासँगको दोश्रो खेलमा नेपालले १६ ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको छ । त्रिवि मैदान कीर्तिपुरमा मलेशियाले टस जितेर पहिले फिल्डिङ्ग रोजेपछि पहिले ब्याटिङ्ग गरिरहेको नेपालले १५ ओभरको खेल सकिँदा भएको हो ।

नेपालका लागि आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दिपेन्द्र सिंह ऐरीले ३३, कुशल भुर्तेलले १६ र विनोद भण्डारीले ८ रन बनाए ।

३२ बल खेलेका आशिफले तीन छक्का र तीन चौका सहित ४२ रन बनाएर आउट भए । यस्तै, २५ बल खेलका कप्तान मल्लले ४ छक्का र १ चौकाको मद्दतमा ४१ रन बनाए । यसअघिका तीन खेलमा अर्धशतक बनाएका कुशल आज भने १६ बलमा आउट भए । १२ बल खेलेका उनले २ छक्का प्रहार गरे ।

क्रिजमा कुशल मल्ल र करण केसी छन् । मलेशियाका फित्रि सामले २ विकेट लिए ।

नेपाल प्रतियोगिताको फाइनल पुगिसकेको छ । आजको खेल जिते नेपाल शीर्षस्थानमा रहँदै फाइनल खेल्नेछ । प्रतियोगिताबाट बाहिरिइसकेकाले मलेसियाका लागि आजको खेलमा जित वा हारको कुनै अर्थ हुनेछैन । फाइनलमा नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रतिक्रिया