मलेशिया र नेदरल्याण्ड्सको खेलमा वर्षा बाधक
मकालु खबर
२०७८ वैशाख ८ गते
काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेल वर्षाका कारण रोकिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मलेशियासँग पहिले ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले १० ओभर २ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
नेदरल्याण्ड्सका बेन कुपर ३३ र पिटर सिडाल २९ रनमा नटआउट छन् ।
टस जितेर मलेशियाले फिल्डिङ रोजेको थियो । प्रतियोगिता अन्तर्गत यसअघिको खेलमा नेदरल्याण्ड्ले मलेशियालाई हराएको थियो । मलेशिया नेपालसँग पनि पराजित भएको थियो ।
आजको खेल जिते नेदरल्याण्ड्स र नेपालले प्रतियोगिताको फाइनलमा खेल्नेछन् । नेदरल्याण्ड्ले मंगलबार नेपाललाई ३ विकेटले हराएको थियो । मलेशियाले नेपालसंग लिग चरणको अन्तिम खेल खेल्नेछ ।
मकालु खबर
२०७८ वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित