बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका-३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

पूर्व-पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका-३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६:३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२:३५ बजे मृत्यु भएको हो । ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया