७ बलमा १८ रन बनाएर कुशल मल्ल आउट

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालका कुशल मल्ल १८ रनमा आउट भएका छन् । ७ बल खेलेका कुशलले ३ छक्का प्रहार गरे । १७ वर्षीय कुशलले यहि प्रतियोगितामा राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

यसैबीच करण केशी पनि १ रनमा आउट भएका छन् । कुशल आउट भएपछि क्रिजमा आएका करण १ रन बनाएर आउट भएका हुन् ।

क्रिजमा अहिले बिनोद भण्डारी र सोमपाल कामी छन् । १७ औं ओभरको खेल चल्दै गर्दा नेपालले ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको छ ।

प्रतिक्रिया