कुशल ६२ रनमा आउट
मकालु खबर
२०७८ वैशाख ७ गते
काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्सँग खेलिरहेको नेपालका कुशल भुर्तेल आउट भएका छन् । उनी ६२ रनमा आउट भएका हुन् । ४६ बलमा उनले ८ चौका र १ छक्कासहित ६२ रन बनाएका थिए ।
कुशलले डेब्यूपछि लगातार तीन अर्धशतक प्रहार गरेका छन् । उनले ४१ बलमा ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । उनले १४ बलमा २ चौका १ छक्का प्रहार गरे । यसअघि ओपनर आशिफ शेख शून्य रनमा आउट भएका थिए ।
क्रिजमा दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल छन् । १५ औ ओभरको खेल चल्दै गर्दा नेपालले ३ विकेट गुमाएर १४२ रन बनाएको छ ।
मकालु खबर
२०७८ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित