कोरोनाको वेवास्ता गर्दै राष्ट्रपति रनिङ सिल्ड

विराटनगर । सरकारले मोरङ जिल्लालाई देशभरीको उच्च जोखिम १४ जिल्लाको सुचीमा राखेको छ । सरकारले उच्च जोखिमको क्षेत्रमा राखेपनि मोरङमा हुने कार्यक्रमहरु अझै रोकिएका छैनन् ।
सरकारी, गैह्र सरकारी तथा निजी क्षेत्रले समेत कोभिडको उच्च जोखिमलाई खासै चासो दिएको देखिन्न । उच्च जोखिमग्रस्त क्षेत्रमा रहेका विद्यालयहरु संचालन गरेपनि विद्यालयमा विद्यार्थी नपठाउन सरकारले आब्हान गरेको भएपनि ठुला कार्यक्रम नरोकिँदा बालबालिका नै उच्च जोखिममा देखिएका छन् ।
विद्यार्थी भेला पारेर गरिने मध्येको एउटा कार्यक्रम मोरङको बेलवारी नगरपालिकामा शुक्रबारदेखि शुरु भएको छ। बेलवारी नगरपालिकाको समन्वयमा मोरङ जिल्ला स्तरिय राष्टपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको हो । बेलबारी-११ स्थित लक्ष्मी माविको खेल मैदानमा जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ठुलो संख्यामा रहेको विद्यार्थीहरुको बिचमा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी पुगेका थिए ।
झाँकी, -याली र मार्चपास सहित शुरु भएको खेलमा जिल्लाभरीका निजी तथा सामुुदायिक बिद्यालयका विद्यार्थीहरु सहभागी छन् । प्रतियोगितामा मिक्लाजुङ र कानेपोखरी बाहेक अन्य १५ वटा पालिकाका निजी तथा सामुदायिक विद्यालयका १ हजार २ सय जना छात्र-छात्राको सहभागिता रहेको छ ।
यी विद्यालयहरु प्रतिस्पर्धामा
प्रतियोगिताको पहिलो दिन तेक्वान्दो र उसुका सबै इभेन्ट्स सकिएको छ भने एथ्लेटिक्सका केही इभेन्ट सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत उसुको थाइची छ्वानको छात्रतर्फ आर्दश माविका चिरजीवी राई प्रथम, लालीगुराँस बोडिङका जोगछेन तमाङ द्वितीय र लिलिपुट स्कुलका साउलिङ राई तृतीय भए ।
छात्रातर्फ कोबास कलेजकी एन्जल पोद्दार प्रथम, शिक्षादीप कलेजकी इशु पन्त द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी शितल मगर तृतीय भइन् । नान छ्वानको छात्रतर्फ आदर्श माविका एलिस मारिक प्रथम, पूर्वाञ्चल एकडेमीका एलसन तामाङ द्वितीय र ग्रेडेड स्कुलका शौरभ लामा तृतीय भए । छात्रातर्फ साजिलाल माविकी समृद्धि लिम्बू प्रथम, लालीगुराँस बोडिङ स्कुलकी अरुणा विक द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी कृपा सार्की तृतीय भइन् ।
त्यसैगरी, उसकै छाङ छ्वान छात्रतर्फ आदर्श माविका सागर यादव प्रथम, मेरिल्याण्ड बोडिङ स्कुलका पारस मारिक द्वितीय र अरनिको बोडिङ स्कुलका सौगात लामा तृतीय भए भने छात्रातर्फ मोर्डन एरा स्कुलकी कृतिका राई प्रथम, साजिलाल माविकी तुलसा सार्की द्वितीय र पूर्वाञ्चल बोडिङ स्कुलकी अनमिका गुरुङ तृतीय भइन् । नान छ्वान टिमतर्फ आदर्श मावि प्रथम, पूर्वाञ्चल बोडिङ स्कुल द्वितीय र साजिलाल मावि तृतीय भए । नान छ्वानतर्फ उत्कृष्ट आदर्श माविका एलिस मारिक र थाइचि छ्वानतर्फ कोबास कलेजकी एन्जल पोद्दार उत्कृष्ट भए ।
त्यस्तै तेक्वान्दोतर्फ ४८ केजी समूहमा सिंहदेवि एकेडेमीका पदमबहादुर राई प्रथम र महेन्द्र माविका मुकेश धिमाल द्वितीय भए । ४५ केजी समूहमा माउण्ट हर्मन स्कुलका आशिष भुजेल प्रथम र सुकुना माविका उत्तम सञ्जेल द्वितीय भए । ५१ केजी समूहमालालीगुराँस स्कुलका सुरज राई प्रथम र बालजगत स्कुलका क्षितिज राई द्वितीय भए ।
छात्रातर्फ ४६ केजी समूहमा बालजगत स्कुलकी रक्षा धिमाल प्रथम र पर्ल एकेडेमीकी अंशु धिमाल द्वितीय भइन् । ४२ केजी समूहमा सिंहदेवि एकेडेमीकी आश्ना दर्जी प्रथम र कसेनी माविकी नवीना लिम्बू द्वितीय भइन् । ४४ केजी समूहमा बालजगत स्कुलकी आश्मा राई प्रथम र बालसदन स्कुलकी जेशिका खनाल द्वितीय भइन् ।
त्यस्तै १ सय मिटर छात्र दौडतर्फ आभाष नेउपाने प्रमथ, दाउद सोरेन द्वितीय र करण धिमाल तृतीय भए भने छात्रातर्फ सोफिया माझी प्रथम, प्रियंका थन्दार द्वितीय र प्रजिना बस्नेत तृतीय भइन् । १५ सय मिटर दौड छात्रतर्फ रञ्जन मगर प्रथम, राकेश सार्की द्वितीय र राजेश हास्दा तृतीय भए भने छात्रातर्फ सुकुना माविकी सिर्जना पुरी प्रथम, सुनपकुवा माविकी अनिशा राई द्वितीय र निलगिरी स्कुलकी अन्जु राजघर तृतीय भइन् ।
४ सय मिटर दौड छात्रतर्फ मछिन्द्र माविका अभिषेक श्रेष्ठ प्रथम, राइजिङ स्कुलका निर्मोद बेस्रा द्वितीय र वीरेन्द्र माविका मने हेमरम तृतीय भए । सटपुट छात्रातर्फ वुद्धिमाया तामाङ प्रथम, मनिषा चौधरी द्वितीय र शुकमाया मगर तृतीय भइन् भने छात्रतर्फ विकास नेपाली प्रथम, किरण चौधरी द्वितीय र प्रनित खड्का तृतीय भए ।








