नेपालले पारसबिनै खेल्नुपर्ने

काठमाडौं । मलेसिया र नेदरल्याण्ड्ससंगको त्रिदेशीय क्रिकेटमा नेपालले अलराउण्डर पारस खड्काबिनै खेल्नुपर्ने भएको छ ।

अभ्यासका क्रममा घाइते भएकाले पूर्व कप्तान तथा अलराउण्डर पारसले यो शृङ्खलाका सबै खेल गुमाउने भएका हुन् ।

पारसले सामाजिक सञ्जालमा आइतबार अभ्यास खेलका क्रममा क्याच लिन खोज्दा काँधको मांशपेशीमा चोट लागेको र पछिल्लो पाँच दिनको फलोअपपछि डाक्टरले चोट निको हुन दुईदेखि तीन साता लाग्ने जनाएकाले यसपटकको प्रतियोगिता खेल्न नसक्ने भएको जानकारी दिएका हुन् ।

उनले आफूले प्रतियोगिता ‘मिस’ गर्ने र नेपालले जित्ने विश्वास व्यक्त गरेका छन् ।

पारस अन्तिम १५ खेलाडीको सूचीमा रहेपनि उनले खेल्न भने नपाउने भएका हुन् । उनको स्थानमा राख्ने खेलाडी तय हुन बाँकी छ ।

त्रिदेशीय प्रतियाेगिता भाेलीदेखि काठमाडाैंमा शुरु हुँदैछ ।

प्रतिक्रिया