रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा रियल मड्रिडले इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टिम लिभरपुललाई गोलरहित बराबरी रोक्न सफल भयो । रियलले यसअघि पहिलो लेगमा भने ३-१ ले लिभरपुललाई पराजित गरेको थियो । समग्रमा लिभरपुलविरुद्ध ३-१ गोलको जित नै निकाल्दै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु टिम लिभरपुलले रियलविरुद्ध एकपछि अर्को अवसर निकालेपनि गोल गर्न भने सकेन । लिभरपुलले रियलको पोष्टमा १५ पटक प्रहार गरेको थियो। तर एक प्रहार पनि गोलमा परिणत हुन सकेन ।

अब च्याम्पियन्स लिगको फाइनल प्रवेशका लागि रियलले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले पोर्टोलाई समग्रमा २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ । रियल र चेल्सीको सेमिफाइनलको पहिलो लेग २७ अप्रिल र दोस्रो लेग मे ४ मा हुनेछ ।

प्रतिक्रिया