त्रिभुवनमा आर्मी एएफसी कपको प्लेअफबाट बाहिरियो

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्लेअफ छनोटबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा भारतको बैंगलुरु फुटबल क्लबसँग फराकिलो अन्तरले पराजित हुँदै आर्मी फुटबल क्लब एएफसी कपको प्लेअफबाट बाहिरिएको हो ।

भारतको गोवामा भएको खेलमा घरेलु टिम बैंगलुरुसँग आर्मी फुटबल क्लब ५-० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा खेलको आर्मीले दोस्रो हाफमा पाँच गोल खान पुग्यो । ५१ औं मिनेटमा राहुल भेकेले गोल गर्दै बैंगलुरुलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै कप्तान सुनिल क्षेत्रीले गोल गर्दै २-० गोलको अग्रता दिलाए ।

क्लेटन सिल्भाले ६१ औं मिनेटमा गोल गर्दै बैंगलुरुलाई ३-० गोलको अग्रता दिलाए । ६५ औं मिनेटमा सिल्भाले गोल गर्दै ४-० को अग्रता दिलाए । एक मिनेटपछि नै भेकेले अर्को गोल गर्दै बैंगलुरुलाई ५-० गोलको जित दिलाए ।

यो जितसँगै बैगलुरु एएफसी कप छनोटको प्लेअफको फाइनलमा पुगेको छ । आर्मी फुटबल क्लब भने हारसँगै बाहिरिएको छ । यसअघि पहिलो खेलमा आर्मीले श्रीलंका पुलिसविरुद्ध ५-१ को जित निकालेको थियो ।

प्रतिक्रिया