नयाँ वर्ष २०७८ को शुभकामना (कविता)

हार्दिक स्वागत नयाँ वर्ष २०७८,
सदाको झैँ वर्षले अंक फेरेको छ
घरको भित्ताले फेरि नयाँपात्रो पायो,
नयाँ वर्षको नयाँ बिहानीले
सबैको जीवन खुसीले भरोस्,
नयाँ वर्ष २०७८ को शुभकामना ।

३६५ दिनमा फेरि आइपुगेको छ,
ठ्याकै त्यही दिन वैशाख १ गते,
धेरै आशाका किरणसँगै नयाँ वर्ष,
समृद्धि र सुखले प्रेम गरोस्,
विकासले हरेकलाई देखोस्,
वर्ष शुभारम्भको सबैमा शुभकामना ।

कसैले अकालमा मर्न नपरोस्‚
दुःख र अभाव कसैलाई नहोस्‚
रिस र आवेगले जल्न नपरोस्,
विनाशको बाटोमा नहिँडोस्
सद्बुद्धिले हरेकका मस्तिष्क छाओस्
नयाँ वर्षको सबैमा शुभकामना ।

नयाँ वर्षको आगमनले,
सबैको ओठमा मुस्कान छाओस्,
नयाँ पन दिन सकोस्,
विचारहरू नयाँ आउन्,
नयाँ मनले सबैलाई ऊर्जा मिलोस्,
महामारीको अन्त्य भएर जाओस्
२०७८ सालको सबैमा शुभकामना ।

नयाँ वर्षले हर्षोल्लास देओस्
बसन्तले सुन्दरता छाएको छ
बिरुवामा पाउलो फेरिएको छ,
बगैँचामा फूल फुलेका छन्
चराहरूको आवजमा संगीत छ,
जन-जन र मन-मनमा सबैलाई
नयाँ वर्षको यस्तै शुभकामना ।

नयाँ वर्षको शुरुवातसँगै सबैका,
वर्षौंदेखिका प्रतिक्षा पूरा हुन्,
अपूरा यात्राले गन्तव्य भेटुन्
सबैले गरेका आशा पूरा हुन्
सबैलाई खुसी साट्ने वर्ष बनोस्
नयाँ वर्ष २०७८ को शुभकामना ।

प्रतिक्रिया