सशस्त्र र नेपाल प्रहरी आमनेसामने हुँदै
२०७७ चैत ३० गते

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपमा क्वाटरफाईलनका खेलाहरु जारी छन् । रात्रीको समयमा खेलाईने प्रतियोगितामा तीन विदेशी टीमसहित १० टीम सहभागी छन् ।
गोल्डकप अन्तर्गत आजको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।
विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राती भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिचको विजेतासँग प्रतिस्पर्धा हुनेछ । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए ।
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








