बलाललाई सातौं डान उपाधि

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन् ।
नेपाली समयअनुसार चैत्र २८ गते बेलुका अमेरिकाको भर्जिनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउँदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नति गरेका हुन् ।
ब्लक बेल्ड सातौं डान बेल्ट परीक्षामा उत्तीर्ण भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हाँसिल गरेका छन् । आइटिएफ तेक्वान्दोमा सातौं डानको उपाधि हासिल गर्ने बलाल नेपालका एकमात्र प्रशिक्षक भएका छन् ।
दुई कार्यकाल नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघ (एमएनजीसी) का संस्थापक अध्यक्ष पनि हुन् ।
नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासंघले सातौं डान परीक्षाका लागि बलालको नाम मनोनयन गरी अन्तरराष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीमा सिफारिस गरेको थियो ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितिको १४ मार्चमा बसेको बोर्ड बैठकबाट बलाललाई परीक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आइटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी गराएका हुन् । धमला एसियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य पनि हुन् ।








