वसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली हिमाली एवम् पहाडी जिल्लामा मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ दलेर मनाउने प्राचीन परम्परा रहेको छ ।

केही वर्षअघिसम्म उपत्यकामा होली पर्व धुमधामका साथ मनाइन्थ्यो भने पछिल्लो वर्षयता कोरोनाका कारण त्यो उल्लास घटेको छ । बढ्दो कोरोना संक्रमण अझ बढ्न सक्ने भन्दै उपत्यकाका तीन जिल्ला प्रशासनले सार्वजनिक ठाउँमा होली नखेल्न आग्रहसमेत गरेको छ ।

साथै सार्वजनिक स्थानमा होली नखेल्न र घरभित्रै रहन आग्रह गरेको थियो । सोहीअनुसार पहिले–पहिलेका वर्षहरुको तुलनामा यस वर्ष होलीको रौनक कम छ ।

उपत्यकाका अन्य क्षेत्र प्राय: सुनसान देखिएता पनि वसन्तपुरमा भने होलीको रौनक देखिएको छ । सरकारको निर्देशनअनुसार ट्राफिक चेकिङ्गलाई पनि बढवा दिइएको छ ।

 

प्रतिक्रिया