सन्दीपले टी-२० ब्लास्ट खेल्ने

काठमाडौं । नेपालका सन्दीप लामिछानेले इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने भएका हुन् । वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबका अनुसार सन्दीपले टि-२० ब्लास्ट खेल्ने भएका हुन् । प्रतियोगिता आगमी जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ ।

सन्दीपले इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा ओभल इन्भीनसिभल्सबाट खेल्ने छन् । गत वर्ष ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्स १ करोड ५० लाखमा आबद्ध गरेको थियो । तर कोरोना महामारीको कारण उक्त वर्ष ‘द हन्ड्रेड’ हुन सकेन । उक्त प्रतियोगिता यो वर्ष हुँदैछ ।

सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि-२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि-२० फ्रेन्चाइज लिग खेली सकेका छन् । २०२१ को आइपिएलमा भने सन्दीपलाई कुनैपनि टोलीले अक्सनमा अनुबन्धित गरेनन् ।

प्रतिक्रिया