सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा सिटीले एभर्टनलाई २-० गोलले पराजित गरेको हो ।
एभर्टनविरुद्धको जितमा इल्के गुन्डोगन र केभिन डे ब्रुयनले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको सिटीले खेलको अन्यतिर दुबै गोल गरेको थियो । खेलको ८४ औं मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई १-० गोलको अग्रता दिलाए ।
खेलको ९० औं मिनेटमा केभिनले गोल गरेपछि भने सिटीले एभर्टनविरुद्ध २-० गोलको जित निकाल्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको एभर्टनले अधिकांश समय दबाबमा खेलेको थियो ।
त्यस्तै, बर्नमाउथलाई ३-० गोलले पराजित गर्दै साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्दै साउथह्याम्पटनले बर्नमाउथलाई हराएको हो ।








