नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने ओली पक्षकाे निर्णय

काठमाडौं । एमालेको केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसहितका पाँचजना नेतालाई स्पष्टीकरण सोध्ने भएकाे छ ।

शनिबार बसेकाे ओली पक्षकाे केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुसाल  र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाे हाे ।

पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको ओली पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार शुरुमा नेतृ रामकुमारी झाँक्रीलाई पनि स्पष्टिकरण साेध्ने समझदारी गरेपनि पछि अध्यक्ष अाेलीले झाँक्रीबाहेक चारजनालाई मात्र स्पष्टिकरण साेध्नुपर्ने बताएका थिए । बाँकी माथिल्लाे तहका नेता भएकाे र झाँक्री केन्द्रीय सदस्यमात्र रहेकाले उनलाई स्पष्टिकरण नसाेध्न उनले बैठकमा सबैलाई मनाएकाे ती नेताले जानकारी दिए ।

याे निर्णयसँगै ओली पक्षले नेपाल-खनाल पक्षलाई कारबाही गर्ने प्रकृया शुरु भएकाे अर्थका रुपमा हेरिएकाे छ । अर्का बरिष्ठ नेता झलनाथ खनाल पनि नेपाल पक्षमा रहेपनि उनलाई भने स्पष्टिकरण साेध्ने निर्णय गरिएकाे छ ।

बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार दिएको छ ।

बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकाय पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ । २०७८ मंसिर २ देखि ६ सम्म हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि अहिलेको २ सय ६४ सदस्यीय कमिटीलाई आयोजक कमिटी बनाउने निर्णय गरिएको ती नेताले जानकारी दिए ।

प्रतिक्रिया