पिएसजी र बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइनलमै खेल्ने

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको  गत सिजनमा फाइनल खेलेका फ्रेन्च क्लब पिएसजी र जर्मन क्लब बायर्न म्युनिक यो सिजन क्वाटरफाइनलमै खेल्ने भएका छन् । गत सिजनको फाइनलमा बायर्नले पिएसजीलाई १–० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

क्वाटरफाइनलको खेल तालिका अनुसार इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया डोर्टमुन्ड, पोर्चुगिज क्लब एफसी पोर्टो र इंग्लिस क्लब चेल्सी साथै स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल खेल्नेछन् ।

यस्तै सेमिफाइनलमा बायर्न र पिएसजीको विजेताले म्यानचेस्टर सिटी र बोरुसिया डोर्टमुन्डको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा एफसी पोर्टो र चेल्सीबीचको विजेताले रियल मड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ ।

क्वाटरफाइनल अप्रिल ६ र ७ मा साथै दोस्रो लेग अप्रिल १३ र १४ मा हुनेछन् । सेमिफाइनल पहिलो लेग अप्रिलको २७ र २८ मा साथै दोस्रो लेग मेको ४ र ५ मा हुनेछन्। फाइनल खेल मे २९ तारिखमा हुनेछ।

प्रतिक्रिया