नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

काठमाडौँ । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बललाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा संलग्न छन् ।

प्रतिक्रिया