काठमाडौं रेजर्स: मुख्य प्रशिक्षक बालगोपाल, मार्की खेलाडी बिकेश

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि काठमाडौं रेजर्स क्लबले मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन र मार्की खेलाडीमा बिकेश कुथुलाई अनुबन्ध गरेको छ ।

वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि बिहीबार पत्रकार सम्मेलन गरि रेजर्सले टिमको प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गरेको हो ।

बालगोपाललाई अहिले नेपाली राष्ट्रिय टिमका कायममुकायम मूख्य प्रशिक्षक छन् भने विकेश राष्ट्रिय टिमका गोलकिपर हुन् ।
काठमाडौं रेजर्समा मोरङ अटो वर्क्सले लगानी गरेको टिम हो ।

नेपालमै पहिलो पटक हुन लागेको फुटबलको फ्रेन्चाइज प्रतियोगिताका लागि खेलाडीको बोलकबोल हुँदैछ ।

प्रतिक्रिया