विराट गोल्डकप चैत २६ देखि

विराटनगर । विराट गाेल्डकप चैत २६ गतेदेखि हुने भएकाे छ । विराटनगरमा विराट गाेल्डकप ट्रष्टले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएकाे हाे ।

ट्रष्टका अध्यक्ष सन्ताेष बानियाँले अप्ठ्यारोका बिच प्रतियोगिता गर्न लागिएकाे बताए । प्रतियोगितामा बिजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विराट गाेल्ड कप ट्रष्टका संयाेजक मनाेज बिक्रम साहले १४ टिमकाे लिस्ट प्राप्त भएकाले त्यसमध्ये १० टीम सहभागी हुने बताए । यस वर्ष क्यामरूनकाे अफ्रिकन रुट्स एशाेसियसन टिम पहिलाे पटक सहभागी हुँदैछ । त्याेसँगै नेपालका मनाङ मर्स्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुलिस, संकटा, राष्ट्रिय लिग बिजेता टिम मच्छिन्द्र, गाेर्खा ब्वाइज, रूपन्देही र विराटनगर ११ सहभागी हुने आयाेजकले जनाएको छ ।

करिब १ कराेड २५ लाख लागत अनुमान गरिएकाे प्रतियोगितालाई रमपम र मारूतिले मुख्य प्रायाेजन गरेकाे संयाेजक शाहले बताए।

विराटगाेल्डकपकाे छैठौं संस्करणकाे रूपमा हुन लागेकाे प्रतियोगिता रात्रीकालीन फ्लड लाईटमा खेलाइनेछ ।

प्रतिक्रिया