नेपाल सुपर लिग लेख्ने टिम र लगानीकर्ताको नाम सार्वजनिक

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा प्रतिस्पर्धा गर्ने ७ फ्रेन्चाइज टोलीको नाम र लगानीकर्ता सार्वजनिक गरिएको छ । आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टले सहभागी टिम र लगानीकर्ताको नाम आइतबार सार्वजनिक गरेको हो ।
प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेन्जर्स, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी फुटबल क्लबले खेल्नेछन् ।
विराटनगर सिटी एफसीको अध्यक्ष अनुपरञ्जन भट्टराई छन् । यस्तै, काठमाडौंको स्वामित्व मोरङ अटो वर्क्सले लिएको छ भने ललितपुर भाटभटेनी सुपरमार्केटले लगानी गर्ने छ ।
यसैगरी, एफसी चितवनमा ब्यवसायी चन्द्र ढकाल पोखराको टिममा लक्ष्मी हुन्डाई कम्पनीका निराकार श्रेष्ठ र बुटवलको स्वामित्व राजकुमार तिमल्सिनाले खरिद गरेका हुन् ।
यसैगरि टिम धनगढीको लगानीकर्ता सुबास शाही रहेका छन् । उनी धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियाेगिताका आयोजक हुन् ।
वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुनेछ । २०७६ सालको बैशाखमै आयोजना गर्ने घोषणा गरिएको प्रतियोगिता २ बर्षपछि बल्ल शुरु हुन लागेको हो ।
प्रतियाेगिताकाे लागि खेलाडीकाे बाेलकबाेल चैतको पहिलो हप्ताभित्र गरिसक्ने तयारी रहेको आयोजकले जनाएको छ ।








