टाटा मोटर्स्को नयाँ फरएभर रेन्जका गाडीहरु अब नेपालमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने ५ वटा नयाँ गाडीहरु आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ गाडी बीएस सिक्स प्रविधियुक्त रहेको कम्पनी जनाएको छ । टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको भएको पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त गाडीहरुको टाटाको इम्प्याक्ट २.० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।

कार्यक्रममा टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डीले भने– ‘टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाइरहनु भएको छ । यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तीन आधारहरु हुन् ।’

हाल सार्वजनिक गरिएका गाडीहरुले हाम्रो ग्राहक महानुभावहरुको मन जित्न सफल हुने उनले दाबी गरे ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत श्री राजन बाबु श्रेष्ठले भने– ‘बिएस सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडि रहेका छन् ।’

प्रतिक्रिया