एपिएफलाई पुलिसकाे २५९ रनको लक्ष्य, दीपेन्द्रको शतक

काठमाडौं । मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले एपिएफलाई २५९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पुलिसले ५० ओभरमा ७ विकेट गुमाएर २५८ रन बनाएको हो ।
पुलिस क्लबका दिपेन्द्र सिंह ऐरीले शतक बनाए । उनले १३१ बलमा १४० रन बनाए ।

उनले ११ चौका ६ छक्का हाने । यस्तै पवन सर्राफले ३५, सुनिल धमलाले ३३ र अनिल साहले १८ रन बनाए । एपिएफका कप्तान शरद् भेषावकरले तीन, अभिनाश बोहराले दुई तथा अमर रौटेलाले एक विकेट लिए ।

पुलिस क्लबले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई शनिबार दुई रनले तथा एपिएफले त्रिभुवन आर्मी क्बललाई एक विकेटले जितेको थियो ।

प्रतिक्रिया