युभेन्टसको जितमा मोरटाको दुई गोल

एजेन्सी । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरि ए फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम युभेन्टसका अल्भारो मोरटाले दुई गोल गर्दा एक गोल भने एड्रिन रविओटको नाममा रह्यो । लाजियोका जोक्विन कोरेयाले गोल गरे । खेलको १४ औं मिनेटमा कोरेयाले गोल गर्दै लाजियोलाई १-० गोलको अग्रता दिलाए । तर ३९ औं मिनेटमा एड्रिनले गोल गरेपछि युभेन्सले पहिलो हाफसम्म लाजियोसँग १-१ गोलको बराबरी खेलेको थियो ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल खेल्दै युभेन्टसले जित निकालेको हो । ५७ औं मिनेटमा मोरटाले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै मोरटाले पेनाल्टीबाट अर्को गोल गर्दै युभेन्टसलाई ३-१ गोलको जित दिलाए ।

इटालियन सिरि ए फुटबलमै भएका अन्य खेलमा उडिनेसले सासुओलोलाई २-० गोलले पराजित गर्दा स्पेजिया र बेनेभेन्टोले भने १-१ गोलको बराबरी खेलेका छन् ।

जितपछि तेस्रो स्थानमा रहेको युभेन्टसले २५ खेलबाट ५२ अंक बनाएको २५ खेलबाट ५२ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा भने इन्टर मिलान छ । इन्टर मिलानको २५ खेलबाट ५९ अंक छ । दोस्रो स्थानमा रहेको एसी मिलानको २५ खेलबाट ५३ अंक छ ।

प्रतिक्रिया