प्रधानसेनापति म्याराथनको उपाधि कृष्ण, राजेन्द्र र पुष्पालाई

काठमाडौं । छैठौं प्रधान सेनापति खुल्ला म्याराथनको उपाधि नेपाली सेनाका कृष्णबहादुर बस्नेत र सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारीले जितेका छन् ।

काठमाडौंमा शनिबार भएको फुल म्याराथनमा ४२ किलोमिटरको दूरी २ घण्टा २१ मिनेट ५९ सेकेण्डमा पूरा गर्दै कृष्णबहादुर पुरुषतर्फको च्याम्पियन भएका हुन् ।

२ घण्टा २२ मिनेट २२ सेकेण्डमा दूरी पार गरेका भारतीय सेनाका तीर्थकुमार पुन दोस्रो र २ घण्टा २३ मिनेट ३२ सेकेण्डमा दूरी पुरा गरेका नेपाली सेनाकै होमलाल श्रेष्ठ तेस्रो भए ।

हाफ म्याराथनको पुरुषतर्फ नेपाली सेनाकै राजेन्द्र राई पहिलो भए । उनले निर्धारित दुरी एक घण्टा ६ मिनेट ३० सेकेण्डमा पुरा गरे । यस्तै सेनाकै राजन रोकाय दोस्रो भए । उनले एक घण्टा सात मिनेट ११ सेकेण्डमा पुरा गरे । तेस्रोमा रहेका नरेन्द्र रावलले दुरी एक घण्टा ८ मिनेट ४८ सेकेण्डमा पुरा गरे ।

हाफ म्याराथनको महिलातर्फ सशस्त्र प्रहरी वलका पुष्पा भण्डारी पहिलो भइन । उनले निर्धारित दुरी एक घण्टा १७ मिनेट ३३ सेकेण्डमा पुरा गरिन् । त्यस्तै नेपाली सेनाकी विश्वरुपा बुढा दोस्रो भइन ।

उनले एक घण्टा २० मिनेट ९ सेकेण्डमा दुरी पुरा गरिन । एपीएफकी विन्द्रा धनके श्रेष्ठ तेस्रो भइन् । उनले दुरी एक घण्टा २४ मिनेट ४६ सेकेण्डमा पुरा गरिन् ।

फुल म्याराथनको विजेता बस्नेतले तीन लाख रुपैयाँ र एउटा मोटरसाइकल पुरस्कार पाए भने दोस्रो भएका पुनले दुई लाख र तेस्रो भएका श्रेष्ठले एक लाख रुपैयाँ पुरस्कार पाए ।

यस्तै, हाफ म्याराथनमा पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ पाए । महिलातर्फकि बिजेता पुष्पाले एउटा स्कुटर पनि पुरस्कार पाइन ।

फुल म्याराथन सैनिक मुख्यालय भद्रकालीबाट शुरू भएको म्याराथन थापाथली, माइतिघर, बानेश्वर, कोटेश्वर हुँदै भक्तपुरको जगातीबाट फर्किएर सानो ठिमीबाट पेप्सिकोलाहुँदै कोटेश्वर एयरपोर्ट गौशाला, चाबहिलबाट महाराजगञ्ज हुँदै लैनचौर, घण्टाघरबाट भद्रकाली नै पुगेर सकिएको थियो ।

प्रतिक्रिया