माेहम्मद हाफिजद्वारा सी श्रेणीकाे सम्झाैता अस्वीकार

एजेन्सी । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी मोहम्मद हाफिजले पाकिस्तान क्रिकेट बोर्डसँग नयाँ सम्झौता गर्न अस्विकार गरेका छन । बोर्डले सी श्रेणीमा राखेपछि हाफिजले सम्झौता गर्न अस्विकार गरेका हुन ।

बोर्डले आफुलाई सबैभन्दा तल्लो श्रेणीमा राखेकाले सम्झौता नगरेको उनले बताएका छन् ।

सन् २०१९ देखि बोर्डको केन्द्रिय सम्झौतामा नरहेका हाफिजलाई सन् २०२० मा ए श्रेणीका खेलाडीलाई सरह म्याच फी दिने समझदारीमा खेलाइएको थियो । तर यसबारे आधिकारीक सम्झौता भने भएको थिएन । उनले एक बर्ष ए श्रेणीको म्याच फी पाए पनि । तर अहिले बोर्डले सी श्रेणीमा राखेर सहमति गर्ने भनेपछी हाफिज असहमत भएका हुन् ।

बोर्डले एबाट बी श्रेणीमा झारेका मोहम्मद रिजवान र ए प्लसबाट सी श्रेणीमा घटुवा गरिएका फवाद आलमले बोर्डसँगको सम्झौता स्वीकार गरेका छन् ।

प्रतिक्रिया