किसुनजीको नाममा हाफ म्याराथन हुने

काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएकाे छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले चैत २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता गर्ने भएकाे हाे ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङ्गले  नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजयी शिर्ष तीन खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै चौथो र पाँचौ स्थान प्राप्त गर्ने खेलाडीले नगद ५/५ हजार रुपैया पुरस्कार पाउनेछन् ।

प्रतियाेगिता काठमाडौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भइ धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः बास्केटबल कोर्टमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया