चर्काे रजिस्ट्रेसन शुल्क तोकिएकोप्रति डिएलएको ध्यानाकर्षण

काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनका सहभागि हुने कानुन व्यवसायीका लागि चर्काे रजिस्ट्रेसन शुल्क तोकेकोप्रति नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले आपत्ति जनाएको छ ।

नेपाल बार एशोसिएशनले आउँदो जेठ १४ देखि १६ गतेसम्म आयोजना गर्ने सम्मेलनमा सहभागि हुन कानुन व्यवसायीलाई शुल्क तोकेपछि डिएलएले आपत्ति जनाएको हो । महासचिव लक्ष्मी दाहाल रावलद्वारा जारी विज्ञप्तिमा चर्काे शुल्क तोकिएकोप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

अघिल्ला सम्मेलनमा ३ हजारबाट सुरु गरिएको शुल्क यसपटक सिंधै ८ हजारदेखि १५ हजारसम्म तोकिएपछि आफ्ना ध्यानाकर्षण भएको महासचिव रावलले बताइन् । वैशाख १५ गतेसम्म ५ वर्ष मुनीका कानुन व्यवसायीका लागि ८ हजार तथा वरिष्ठ अधिवक्ताका लागि १५ हजार शुल्क तोकिएको छ ।

यसैगरी बैशाख १६ गतेपछि भने ५ वर्ष मुनीका लागि १० हजार तथा वरिष्ठ अधिवक्ताका लागि २० हजार शुल्क तोकिएको छ । ‘कोभिड-१९ का कारण कानुन व्यवसायीलाई असहज भइरहेको बेला चर्काे शुल्क तोक्नुले हित गर्दैन,’ उनले भनिन्, ‘यसबाट धेरै कानुन व्यवसायीहरु सहभागि हुनबाट बञ्चित हुने अवस्था सिर्जना भएको छ ।’

साथै डिएलएले सबै कानुन व्यवसायीको सहभागिता सुनिश्चित गर्न हाल तोकिएको रजिस्ट्रेसन शुल्क खारेज गर्न माग गरेको छ । ‘अहिले तोकिएको शुल्क खारेज गरी हामी कानुन व्यवसायीको आर्थिक अवस्थालाई सुहाउँदो नयाँ रजिस्ट्रसन शुल्क तोक्न डिएलए सम्बन्धित पक्षलाई अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।हेर्नुहोस् बारले तोकेको शुल्क :-

प्रतिक्रिया