तिमीसित हिडेँ [गजल]
२०७७ फागुन १० गते
![तिमीसित हिडेँ [गजल]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/prakash_sayami_pic.jpg)
- प्रकाश सायमी
म आपतमा तिमीसित हिडेँ
म सापटमा तिमीसित हिडेँ ।।
हिँड्नेहरू कहाँ कहाँ पुगे
म राहतमा तिमीसित हिडेँ ।।
नदीको वेगसरि छ यो मन
म चाहतमा तिमीसित हिडेँ ।।
के नगद के बाँकी पिरतीमा
त्यै बापतमा तिमीसित हिडेँ ।।
घाउ दुखेसरिको पीडामा छु
म आहतमा तिमीसित हिडेँ ।।
२०७७ फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित








