जोकोभिच लगातार तेश्रोपटक अस्ट्रेलियन ओपनको च्याम्पियन

एजेन्सी । शिर्ष बरियताका टेनिस खेलाडी नोभाक जोकोभिच लगातार तेश्रो पटक अस्ट्रेलियन ओपनको च्याम्पियन बनेका छन् ।

बर्षको पहिलो, लगातार तेश्रो र आफ्नो जीवनको नवौं पटक अस्ट्रेलियन ओपनको उपाधि जित्न जोकोभिचले आइतबार भएको फाइनलमा ड्यानियल मेद्भेदेभलाई ७–५, ६–२ र ६–२ को सोझो सेटमा हराएका हुन् ।

महिलातर्फको उपाधि भने जापानकी नाओमी ओसाकाले जितेकी छिन् ।

प्रतिक्रिया