यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०७ गते । शुक्रबार । ईश्वी सन् २०२१ फेब्रुवरी १९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–सप्तमी,०६ घडी २६ पला, बिहान ०९ बजेर १५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,४६ घडी ०६ पला,रातको ०४ बजेर १९ मिनेट उप्रान्त रोहिणी । योग–ऐन्द्र, ५१ घडी ३२ पला,रातको ०३ बजेर १७ मिनेट उप्रान्त वैधृति । करण–वणिज,बिहान ०९ बजेर १५ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मेष,बिहान ०८ बजेर २४ मिनेट उप्रान्त बृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी ११ पला । अचला सप्तमी । प्रजातन्त्र दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४० मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ४१ मिनेटदेखी बिहान ८ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ०९ मिनेटदेखी बिहान ९ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३० मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर ०८ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी बेलुकी ४ बजेर ३२ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३३ मिनेटदेखी बेलुकी ७ बजेर ३२ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर ५३ मिनेटदेखी मध्यान्ह १२ बजेर १८ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक तथा विलाशी बस्तु प्राप्तीको योग रहेकोछ । कुनै नयाँ ठाउमा लगानीको वातावरण बनाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता बढ्नेछ । पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन तथा परिकार ग्रहण गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको सहयोग लिदै निरन्तरता दिन सकिनेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धीत कामहरु हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । मित्रशक्तिबाट सहयोग, समर्थन र राम्रो लाभ पाउनु हुनेछ । दाजु वा पिताको कार्यक्षेत्रमा पनि उन्नतिको समाचार सुन्न पाइने छ । जीवनसाथीसँगको सम्बन्ध सामान्य नै रहने छ । मध्यान्हबाट खर्च बढेपनि उपलब्धी मुलक कामहरु हनेछन् । आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा रहेकोछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खाद्यान्न तथा औषधिजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानी हुनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगती गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामहरु समयमा सम्पन्न नहुने तथा आलोचकहरु बढ्नेछन् । पढाइ लेखाइ तपाई आफ्नै कारणले फितलो रहनेछ । पहिले नै फत्ते भईसकेका कामहरु पुनह दोहेरिने हुँदा मानशिक तनाव बढ्नेछ । सानातिना घरेलु समस्याले सताउनेछ भने आफन्त तथा दिदि बहिनी हरुसँग घरायसि बिषयमा मनमुटाव सिर्जना हुनेछ । माया प्रेममा धोका अबिश्वास बढ्ने हुनाले प्रेम गर्ने जोडिहरु आज नभेट्दा नै राम्रो रहनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा काम गर्न सकिनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँकै नाम आउनेछ । माया प्रेममा रमाउने चाहनेहरुका लागी समय उत्तम रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काममा समय बित्ने भएपनि तपाईको डाहा गर्नेहरुले जनतामाझ अनावस्यक भ्रम तथा गलत म्यासेज लाने हुनाले आलोचनाको शिकार होईनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समस्या र उल्झन सुल्झाउने महत्वपुर्ण दिन आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरी मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागि समय उत्तम रहेकोछ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया