हामी किन हेग जाने ?

काठमाडौँ । पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईले माओवादी जनयुद्धप्रति सबैले एउटै धारणा बनाउनुपर्ने बताएका छन् । संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताउँदै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।
यस्तै भट्टराईले सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ्ग गर्ने साधन बन्न पुगेकोसमेत बताएका छन् । शनिबार आफ्नो नयाँ पुस्तक गुमनाम आमाहरूको कथा लोकार्पण समारोहमा बोल्दै भट्टराईले भनेका छन्, ‘माओवादी जनयुद्ध नेपाली समाजको आवश्यक्ता थियो ।’
यस्तै भट्टराईले छुट्टै प्रसङ्गमा आफूहरु हेग जानुपर्छ भनेर कोही–कोही कराइरहेको बताए । उनले भनेका छन्, ‘किन हेग जाने हामी ? त्यो महान् क्रान्ति थियो, क्रान्ति गरेबापत् कोही हेग गएको छ ?’
आफूले माओवादी क्रान्ति नभइ माओवादी पार्टी मात्रै छोडेको भट्टराईको तर्क छ । उनले भनेका छन्, ‘माओवादी जनयुद्धप्रति सबैले साझा बुझाइ बनाउनुपर्छ । अरु आन्दोलनहरु पूरकको रुपमा आएमा पनि मुख्य भनेको माओवादी युद्ध नै थियो । जसले नेपाली समाजलाई जागृत बनायो ।’








