पूर्वमा बन्दको आंशिक प्रभाव [फोटोफिचर]
२०७७ माघ २२ गते
![पूर्वमा बन्दको आंशिक प्रभाव [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/purva-band-1-scaled.jpg)
विराटनगर । नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हड्तालको प्रदेश १ आंशिक प्रभाव देखिएको छ । विराटनगरमा नेता तथा कार्यकर्ताहरु सडकमा देखिएपनि खासै हड्तालको प्रभाव नदेखिएको हो ।
विराटनगरको बरगाछि, महेन्द्रचोक लगायतको ठाउँमा केही नेताहरु देखिएपनि अन्य ठाउँमा बन्दकर्ताहरु पनि देखिएका छैनन् । प्रदेश १ को राजधानी विराटनगरमा सवारीका साधनहरु छिटफुट चलेको प्रहरीले जनाएको छ । ईटहरीमा पनि खासै बन्द प्रभाव देखिएको छैन ।
काठमाडौँबाट आएका सवारी साधनहरुलाई गन्तव्यमा जान दिइएको छ भने छोटा स्थानीय सिटी तथा अटोहरु समेत निर्वाधन संचालनमा रहेका छन् । त्यस्तै औद्योगिक क्षेत्र पनि खुलेका छन् । उद्योग धन्दा कल कारखानामा कुनै असर देखिएको छैन ।

- तस्बिर : सुमन सुस्केरा
२०७७ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित









